Referral Background
रोजगारी प्रतिनिधि कार्यक्रम
रोजगारी प्रतिनिधि कार्यक्रम के हो ?
हाम्रो सम्मान अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) तथा संयुक्त अधिराज्यको युके एडको बित्तीय सहयोगमा विनरक इन्टरनेशनलद्वारा कार्यान्वयन गरिएको पांच बर्षीय परियोजना हो। यो परियोजनाले नेपाल सरकार, नागरिक समाज र निजि क्षेत्रको प्रयासलाई सबल बनाई नेपालमा मानव बेचबिखनविरुद्ध कार्य गर्छ।
हाम्रो सम्मानको सहकार्यमा रोजगारी डट कमले रोजगारी सेवा रिफरल कार्यक्रम संचालन गरिरहेको छ। यसको उदेश्य रोजगारीको खोजीमा रहेका र जोखिममा पर्नसक्ने सीप नै नभएका वा थोरै सीप भएका शिक्षित वा अशिक्षित व्यक्तिहरुको लागि रोजगारीको अवसरमा पहुच वृद्धि गर्नु हो। यो कार्यक्रमको लक्षित समुहहरु मुख्यतया मानव बेचबिखन, लैंगिक हिंसा, घरेलु हिंसा, श्रम सोषण, दुर्व्यवहार र भेदभावमा परेका सीमान्तकृत व्यक्तिहरु, बेचबिखन वा सोषणको उच्च जोखिममा रहेका मनोरंजन क्षेत्र वा अनौपचारिक क्षेत्रका कामदार, एकल आमाबुवा तथा बेरोजगार युवा हुन्।
रोजगारी डट कमले यो रिफरल कार्यक्रमको माध्यमबाट रोजगारी प्रतिनिधिहरु चयन गर्छ जसले उपयुक्त रोजगारीका स्थानहरुमा रोजगारी खोज्ने इक्चुक नेपालीलाई सम्पर्क गराईदिन्छन। प्रत्येक रोजगारी प्रतिनिधिले रोजगारी खोज्नेहरुका सम्पर्क जानकारी, उनीहरुको सीप र रुचाईएको काम तथा स्थानसम्बन्धि जानकारी सिधै रोजगारी डट कमको डाटाबेसमा राख्न सक्छन। रोजगारी डट कमले त्यसपछि ती रोजगारी खोज्नेहरुलाई सम्पर्क गरेर नाम दर्ता गरिएको जानकारी प्रमाणित गर्छन र उनीहरुलाई उपयुक्त रोजगारीका अवसरसंग जोड्नको लागि थप सहयोग गर्छन।
यो एक प्रोत्साहन आधारित प्रणाली हो। रोजगारी प्रतिनिधिले प्रदान गरेको रिफरल सेवाको गुणस्तर, सफलता तथा प्राप्त रोजगारीको आधारमा मापन गरी अंक प्रदान गरिन्छ। त्यसरी प्राप्त अंकलाई पछि उत्साहजनक उपहार वा नगदमा परिणत गर्न सकिन्छ।
रोजगारी प्रतिनिधि बन्नका लागि आफ्नो बिबरण भरि फारम बुझाउनुहोस्