This Job Has expired
Waitress
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Aug 07

खाली पद : 3 people
स्थान : Satdobato Mahalaxmithan, Lalitpur, Bagmati Province
तलब :
NRs. 18,000.00 - 25,000.00 Monthly
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : दिन
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बलियो कार्य र समय व्यवस्थापन क्षमता ग्राहक सेवा कामको शुद्धतामा उच्च स्तर भएको धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता मौखिक संचार कौशल स्पष्ट गेर्ने मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको अन्तिम जाँच गरी टेबल सेवा लागि तयार गर्ने

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन विनम्र विश्वाशसिलो कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

Customer Handling Knowledge
कामको विवरण

कामको उद्देश्य:

वेट्रेसको मुख्य जिम्मेवारी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्नु, खाना तथा पेय पदार्थ सही समयमा उपलब्ध गराउनु, ग्राहकको सन्तुष्टि सुनिश्चित गर्नु र रेस्टुरेन्टको सेवा स्तर कायम राख्नु हो।

Time : 11AM to 8PM

मुख्य काम तथा जिम्मेवारीहरू:

  • ग्राहकलाई नम्र, सभ्य र मैत्रीपूर्ण व्यवहारका साथ स्वागत गर्ने।

  • ग्राहकलाई टेबलसम्म पुर्‍याउने र मेनु उपलब्ध गराउने।

  • ग्राहकलाई मेनुका परिकार तथा पेय पदार्थको बारेमा आवश्यक जानकारी दिने।

  • ग्राहकको अर्डर सही तरिकाले लिने र समयमै किचन तथा बार टिमलाई जानकारी गराउने।

  • खाना तथा पेय पदार्थ ग्राहकलाई व्यवस्थित र सभ्य तरिकाले सेवा गर्ने।

  • ग्राहकको आवश्यकता बुझेर उत्कृष्ट सेवा प्रदान गर्ने।

  • ग्राहकको गुनासो वा समस्या आएमा धैर्यतापूर्वक समाधान गर्ने।

  • टेबल सेटअप गर्ने (प्लेट, चम्चा, काँटा, गिलास, नेपकिन आदि मिलाउने)।

  • ग्राहकले खाना खाइसकेपछि टेबल सफा गर्ने र अर्को ग्राहकका लागि तयार गर्ने।

  • डाइनिङ क्षेत्र सधैं सफा, व्यवस्थित र आकर्षक राख्ने।

  • बिल तथा भुक्तानी प्रक्रियामा आवश्यक सहयोग गर्ने।

  • किचन, बार र अन्य कर्मचारीहरूसँग राम्रो समन्वय गरेर काम गर्ने।

  • रेस्टुरेन्टको सेवा मापदण्ड र ग्राहक सेवाको गुणस्तर कायम राख्ने।

  • खाद्य सुरक्षा, सरसफाइ तथा स्वास्थ्य सम्बन्धी नियमहरू पालना गर्ने।

  • व्यस्त समयमा टिमलाई आवश्यक सहयोग गर्ने।

  • सुपरभाइजर तथा व्यवस्थापनले दिएको अन्य जिम्मेवारी पूरा गर्ने।

अनुशासन तथा व्यक्तिगत व्यवहार:

  • कर्मचारीमा राम्रो अनुशासन र सकारात्मक सोच (Positive Attitude) हुनुपर्ने।

  • समयको महत्व बुझ्ने र सधैं समयमै ड्युटीमा उपस्थित हुनुपर्ने (Punctuality)।

  • ड्युटी समयमा मोबाइल फोन प्रयोग गर्न अनुमति नहुने।

  • सधैं राम्रो ग्रुमिङ (Grooming) कायम राख्नुपर्ने।

  • सफा र व्यवस्थित पोशाकमा उपस्थित हुनुपर्ने।

  • ग्राहक तथा सहकर्मीसँग सम्मानजनक र सभ्य व्यवहार गर्नुपर्ने।

  • राम्रो सञ्चार क्षमता (Communication Skill) भएको हुनुपर्ने।

  • टिममा मिलेर काम गर्ने क्षमता हुनुपर्ने।

  • कम्पनीको नियम, नीति र निर्देशनहरू पूर्ण रूपमा पालना गर्नुपर्ने।

सुविधाहरू (Facilities):

  • खाजा सुविधा उपलब्ध गराइनेछ।

  • अतिरिक्त समय काम गरेमा ओभरटाइम (OT) सुविधा उपलब्ध हुनेछ।

  • हप्तामा १ दिन बिदा उपलब्ध हुनेछ।

  • राम्रो कार्यसम्पादन (Performance) अनुसार तलब वृद्धि गरिनेछ।

  • दशैं बिदा उपलब्ध हुनेछ।

  • तिहार बिदा उपलब्ध हुनेछ।

  • राम्रो काम गर्ने कर्मचारीलाई भविष्यमा थप अवसर तथा सुविधा प्रदान गरिनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन