Loader Unloader
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Nov 10

खाली पद : 1 people
स्थान : Teku, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 - 28,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : दिन
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

व्यक्तिगत गुणहरू:

राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम इमानदार वफादार र लचीलोपन
कामको विवरण

Duties and Responsibilities (काम तथा जिम्मेवारीहरू)

1. अटो पार्ट्स तथा एसेसरिजका सामानहरू जस्तै लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट, इन्जिन आयल तथा अन्य स्पेयर पार्ट्स लोड तथा अनलोड गर्ने।

2. सप्लायरबाट आएका सामानहरू गाडीबाट सुरक्षित रूपमा झार्ने र तोकिएको स्थानमा राख्ने।

3. सामानको प्रकार, परिमाण र अवस्थाअनुसार सामान छुट्याउने तथा व्यवस्थित रूपमा स्टोरमा राख्ने।

4. ग्राहक वा डिलरलाई पठाउनुपर्ने सामानहरू अर्डरअनुसार छानेर तयार गर्ने।

5. सामान लोड गर्दा सुरक्षित तरिकाले मिलाएर राख्ने र ढुवानीका क्रममा क्षति हुन नदिने।

6. स्टोर तथा गोदाममा सामानहरू व्यवस्थित राख्ने र आवश्यक सरसफाइ कायम गर्ने।

7. सामान प्राप्त गर्दा तथा पठाउँदा परिमाण र विवरण जाँच गर्न स्टोर कर्मचारीलाई सहयोग गर्ने।

8. सामानको प्याकिङ, लेबलिङ तथा डेलिभरीका लागि तयारी गर्ने।

9. स्टक मिलाउने तथा सामान गन्ने काममा सहयोग गर्ने।

10. फुटेका, बिग्रिएका वा क्षति भएका सामान देखिएमा सम्बन्धित सुपरभाइजरलाई जानकारी दिने।

11. गोदाममा सामान सुरक्षित रूपमा राख्ने र कार्यस्थलमा सुरक्षा नियमहरू पालना गर्ने।

12. आवश्यकताअनुसार स्टोर तथा डेलिभरीसम्बन्धी अन्य कामहरूमा सहयोग गर्ने।

Working Hours

- Duty Time: बिहान ९:०० बजेदेखि साँझ ६:०० बजेसम्म।

- Weekly Off: हप्तामा १ दिन बिदा।

- Experience: फ्रेशर तथा अनुभवी दुवैले आवेदन दिन सक्ने।

- Required Skills: शारीरिक रूपमा सक्रिय, मेहनती, जिम्मेवार तथा सामान लोड–अनलोड गर्न सक्षम भएको।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन