प्लान इन्टरनेशनल
प्लान इन्टरनेशनल बालबालिकाको अधिकार र किशोरीहरूको समानताका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था हो । प्लान इन्टरनेशनलले नेपालमा २०३४ सालदेखि पिछडिएका क्षेत्रका बालबालिका उनीहरूका परिवार र समुदायलाई जीविकोपार्जन, विकास, संरक्षण र सहभागिताको अधिकार दिलाउन सहयोग गर्दै आएको छ । प्लान इन्टरनेशनल नेपालले अहिले १२ वटा जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको छ। प्लान इन्टरनेशनल नेपाल सबै प्रकारका हिंसाबाट बालबालिका र बुवा व्यक्तिलाई संरक्षण गर्न लेगिक उत्तरदायी संरक्षण मापदण्ड लागू गर्न पूर्ण रूपमा प्रतिबद्ध छ । प्लान इन्टरनेशनलको पूर्व क्षेत्रीय कार्यालय, धनुषाका लागि २ वर्षको निश्चित अवधिको रोजगारी (करार) निम्न लिखित पदका लागि आवेदकहरुबाट आवेदन लिने जानकारी गराउँदछौ ।
सवारी चालक संख्या १, धनुषा
सवारी चालकले सुरक्षा मापदण्डको राम्रो ज्ञानसहित जिम्मेवारी महसुस गरी समझदारी र निष्ठा पालना गर्दै संस्थाका कर्मचारी र आगन्तुकका लागि भरपर्दो, दक्ष र सुरक्षित सवारी सञ्चालन सेवा प्रदान गर्नुपर्नेछ । चालकले सवारीको आवश्यक सबै मर्मत सम्भारलाई नियमित रूपमा जाँच गर्नुपर्नेछ । आवेदकमा निम्न लिखित योग्यता आवश्यक छ
■ प्रमाणित सवारी अनुमति पत्र (लाइसेन्स)
■ माध्यमिक तह वा सो सरहको शैक्षिक योग्यता
■ प्रतिष्ठित कार्यालयमा सवारी चालकको कम्तिमा ५ वर्षको अनुभव
■ सुरक्षित रुपमा सवारी चलाएको रेकर्ड, सवारी चलाउँदा सुरक्षासम्बन्धी निर्णय लिनसक्ने
■ सवारीको पार्टस् र यसका कामचारे प्राविधिक र मेकानिकल ज्ञान (सामान्य मर्मतको सीप भएको)
■ नेपाली भाषामा पढ्ने र लेख्ने क्षमता (अंग्रेजी भाषाको ज्ञान भएमा अझ राम्रो)