कोशी पीडित समाज र रोजगारी सर्भिसेजको
सहकार्यमा तयार पारिएको रोजगारी पोर्टल
कोशी पीडित समाज सन २००३ मा सप्तरी जिल्लामा स्थापना भएको गैरसरकारी
संस्था हो । यो संस्था समाज कल्याण परिषद सँग आबद्ध छ । यस समाजले मुसहर
र डोम जस्ता सीमान्तकृत समुदायको सामाजिक सुरक्षा र स्वास्थ्य योजनामा
पहुँच पुग्ने अवसरहरूको सदुपयोग गर्न सक्षम पार्दै जीविकोपाजर्न सुधार
गर्ने काम गर्दछ । यसले स्थापनाकाल देखिनै बिपद् जोखिम न्युनिकरणमा
बिभिन्न कार्यहरु गर्दै आएको छ ।
कोशी पीडित समाजले यस परियोजना अन्तर्गत रोजगारी सर्भिसेजको प्राबिधिक
सहयोगमा रोजगारी पोर्टल मार्फत रोजगारदाता र कामदार बिच रोजगारी सम्बन्धि
पहुँच अनुकुल हुने गरि र रोजगारदातालाई आवश्यक श्रम शक्तिको माग गर्न र
रोजगारी खोजिरहेकालाई सहज रुपमा सो सम्बन्धि सुचना प्रदान गर्ने कार्य
गरेको छ । यस पोर्टलले मुख्यतय मधेश र कोशी प्रदेशमा उपलब्ध रोजगारीका
सुचनाहरुलाई अद्यावधिक गर्दछ जसले गर्दा सीप र दक्षताको आधारमा प्राप्त
हुने रोजगारीमा कोहि पनि अन्योलमा पर्नु पर्दैन ।
USAID को सहयोगमा संचालित USAID Local Works: Saptari परियोजना कोशी
पीडित समाजले सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका (४ र ५),
कञ्चनरूप नगरपालिका (४ र १०), तिलाठी कोइलाडी गाउँपालिका (४ र ८) र
अग्निसाइरकृष्ण सावरण गाउँपालिका (४ र ५) मा कार्यान्वयन गर्दै आई रहेको
छ । यस परियोजनाले रोजगारी सर्भिसेजसंगको सहकार्यमा श्रम शक्ति
व्यवस्थापन सम्बन्धि कार्यशाला गोष्ठि, रोजगारीमा सहज पहुँचकोलागि
रोजगारी पोर्टल अनुकुलित गरी त्यस सम्बन्धि तालिम र माथि उल्लेखित
नगरपालिका तथा गाउँपालिकामा रोजगारी मेला भब्यताका साथ सम्पन्न गरेको छ ।
परियोजनाका क्रियाकलापहरूलाई मुख्यतय चार क्षेत्रहरूमा वर्गीकृत गरिएको
छ ।
क्षेत्र १:
कोभिड–१९ सचेतना र सुरक्षाका उपायहरुको प्रबर्धन
क्षेत्र २:
सीमान्तकृत समुदायकोलागि सामाजिक सुरक्षा र स्वास्थ्य बीमामा पहुँच
बृद्धि
क्षेत्र ३:
लक्षित पालिकाहरुमा स्थानीय रोजगारीको सुचना र सहजिकरण प्रणालीको
स्थापना
क्षेत्र ४:
सीमान्तकृत समुदायकालागि आय आर्जनमा सहयोग
उद्यमशिलता बिकास सम्बन्धि तालिम र सहयोग
पशुधन र बगर खेती सम्बन्धि तालिम र सहयोग
यदि तपाई कोशी वा मधेसबाट रोजगारी खोज्दै हुनुहुन्छ भने तल क्लिक
गर्नुहोस्